मसिर ११, काठमाडौं। जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दाङबाट एकजना किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ घर भएका १८ वर्षीय किशोर छन्।
उनले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। बिहीबार किशोरीले प्रहरीमा बलात्कारको जाहेरी दिएकी थिइन्। जाहेरी आएपछि प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।