Advertisement
Advertisement
Advertisement
Advertisement

११ महिने छोरालाई बाँधेर होटलका जुठा भाँडा माझ्दै आमा

  |      15:58:00   |  
वेब तस्विर
वेब तस्विर

►विष्णुप्रसाद पोखरेल

चैत २०, दमक । दमक नगरपालिकाको बजार अनुगमन चल्दै थियो । दमकको वडा नं। ६ स्थित बसपार्क भित्र बजार अनुगमन भइरहँदा सानो बालकलाई क्रेटमा बाँधेको दृष्यले ध्यान खिच्यो ।

 

 

बालकको देब्रे खुट्टा बाँधिएको थियो । वरपर उ खेल्न सक्नेगरि बाँधिएको थियो । तर, बालक भने घिस्रिएर हिँड्न कोशिस गरिरहेको थियो । बालक अघि बढ्न खोजेतर्फ एक महिला होटलका जुठाभाँडा माझ्दै थिईन् ।मैले नजिकै गएर प्रश्न गरें, ‘यो बच्चालाई किन बाँधेको । बच्चाको आमा को हो ।हात पखाल्द भाँडा बाँझ्दै गरेकी महिला आइन् । र, आफ्नो बच्चा भएको बताइन्।उनले गएर बच्चाको डोरी फुकालिदिन् ।

 

 

 

त्यसपछि उनीबारे जान्ने उत्सुकता जाग्यो । सोधिखोजी गर्न थालें । हत्पत उनले बोल्न चाहिनन् । त्यतिबेलासम्म वरपर मान्छे जम्मा भइसकेका थिए ।अनि उनले मुख खोलिन् , ‘उमेर २५ वर्ष । नाम रनमाया लिम्बु । माइतीघर धनकुटाको जीतपुर । श्रीमानको घर इलामको चुलाचुली ।’
 

 

 

दुधे बालक भर्खर ११ महिनाको रहेछ । रनमायाले आफ्नो वास्तविकता खोल्दै गइन् ।श्रीमानको नाम हर्क राई रहेछ । उनी लगातारको घरेलु हिंसा सहन नसकेर घरबाट निस्किएकी रहिछन् । श्रीमानले कुटेर आफ्नो शरीरमा भएको घाउहरु देखाउन थालिन् । एकसाता अघिदेखि भोको रहेको र होटलमा अघिल्लो दिन मात्र आइपुगेको बताइन् ।

 

 

उनका अनुसार सासूले पनि यातना दिएर घरबाट निकालेको र श्रीमानले अर्को श्रीमती विवाह गरेका छन् । उनका श्रीमान्ले उनीसहित ४ वटा श्रीमती विवाह गरिसकेको उनले बताइन् ।

 

 

आफूलाई भने चिनजानको झुक्याएर विवाह गराइदिएको उनको भनाइ थियो । आफु खासै लेखपढ नगरेको उनले बताइन् ।दमकमा रहेको एक सुरक्षित आवास गृहमा छोरासहित राखिदिने भनेर उनलाई सम्झउँदा उनी मानिनन् । न त श्रीमानलाई उजुरी गर्न तयार नै भइन् ।महिला अधिकारकर्मी एवं साहित्यकार सुमित्रा वाङ्देल चेलीले पनि सेफ हाउसमा जान सम्झाइन् तर उनले मानिन् । सायद उनले सेफ हाउसको महत्व थाहा पाइनन् । एकप्रकारको त्रास उनको अनुहारमा झल्किन्थ्यो । विक्षप्त नै थिइन् ।

 

 

आफु भाडा नै  माझेर बस्ने भनिन् ।

उनको स्वीकृति बेगर केही गर्न सकिएन । यद्यपि मनमा खेलिरह्यो घरमै हुने हिंसाका कारण एउटा अबोध बालक र महिलालाई बेघर बनाइदियो । यस्ता महिला तथा बालबालिकाहरुले कहिले पाउलान न्याय ।

स्रोत ःमहिला खबर

 


 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement