चैत १८, काठमाडौं । आइतबार राती आएको हावाहुरी र असिनापानीको कारण बारामा ज्यान जाने २७ जनाको सनाखत भएको छ ।
गृहमन्त्रालयले सोमबार दिउँसो सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा १० जना महिला, ५ जना बालबालिका र १२ जना पुरुष छन् ।
मृतकको नामावली सहित गृहले उक्त जानकारी दिएको हो । घाइते ३ सय ४३ जनामध्ये नारायण उपक्षेत्रीय अस्पतालमा ११६, नेसनल मेडिकल कलेज वीरगन्जमा १००, गण्डक अस्पताल वीरगन्जमा २८, वीरगन्ज हेल्थ केयर ३९, एडभान्स अस्पताल वीरगन्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगञ्जमा २ जनाको उपचार भइरहेको जनाइएको छ ।
स्रोत : महिला खबर