Advertisement
Advertisement
Advertisement
Advertisement

पार्टीले मुख्य पदमा नपत्याएको कैलालीका महिलाको गुनासो

  |      00:00:00   |  
पार्टीले मुख्य पदमा नपत्याएको कैलालीका महिलाको  गुनासो

कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मुख्य पदमा नपत्याएको गुनासो महिला नेतृहरुले गरेका छन् । नगरपालिका तथा गाउँपालिकामा उपप्रमुखका लागि मात्र महिला उम्मेदवारको तयारी गरिएकोमा उनीहरुको दुखेसो छ ।

नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखमध्ये १/१ जना महिला हुनुपर्ने प्रावधान रहेकोमा दलहरुले अधिकांश ठाउँमा दोस्रो पदमा मात्रै महिला उठाउने गृहकार्य गरिरहेका छन् । यस्तो प्रवृत्तिको कैलालीका महिला नेतृहरुले विरोध गरेका हुन् ।

नेकपा एमाले जिल्ला सदस्य मिना सोवले आन्दोलन गर्ने बेला पार्टीलाई महिला चाहिने तर अवसर पाएको बेलामा भने पुरुषलाई नै अगाडि सार्ने प्रवृत्ति रहेको बताइन् । आफूले उम्मेदवारीको दाबी गर्दा पार्टी भित्रबाट उम्मेदवार हुन कति पैसा छ रु आम्दानीको श्रोत के छ रु भन्ने जस्ता प्रश्नहरु गरेर अपमानित गरिएको उनको आरोप छ ।

त्यस्तै धनगढी उपमहानगरपालिको उपमेयरको रुपमा चर्चामा ल्याइएकी एमालेकै जिल्ला कमिटी सदस्य सन्तोष शर्माले महिलाहरु घरवार त्यागेर राजनीतिक दलमा लागे पनि मौका आउँदा पार्टीले मुख्य पदमा कहिल्यै अवसर नदिने गरेको गुनासो गरिन् ।

नेकपा माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको उपमेयरको रुपमा अगाडि सारिएकी शान्ति अधिकारी क्षेत्रीले पार्टीभित्र पुरुष उम्मेदवारहरु धेरै संख्यामा आकांक्षी भएका कारण महिलाहरुलाई मुख्य पदमा अवसर नदिइएको हुन सक्ने प्रतिकृया दिइन् ।

महिला हकहितका लागि क्रियाशील दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले संवैधानिक व्यवस्थाअनुसार महिलाले प्रमुख पदमा बसेर काम गर्न सक्नेमा दलहरु ढुक्क हुन नसकेको बताइन् ।

यस्तै कैलाली उद्योग वाणिज्य संघकी उपाध्यक्ष एवं अखिल नेपाल महिला संघ प्रदेश नम्बर ७ की सदस्य रुक्मणी देवकोटाले महिलाहरुले केही गर्न सक्दैनन भनेर हेप्न खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘महिलालाई जिम्मेवारी दिएमा पुरुषले भन्दा राम्रो काम गर्न सक्छन् ।’

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा आचार्यले महिलाहरुले प्रमुख पदमा दावेदारी गरिरहँदा राजनीतिक दलहरुले नपत्याएको गुनासो गरिन् । उनले भनिन्, ‘महिलाहरुलाई प्रमुख पदमा देख्न नचाहने पुरुषवादी सोच पार्टीहरुभित्र छ ।’

(दीपक उपाध्यायले लेखेको अनलाइन खबरमा प्रकाशित खबर )


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement