Advertisement
Advertisement
Advertisement
Advertisement

स्तनपान सिकाउने भन्दै दुर्व्यहार गर्ने डाक्टर पक्राउ, जागिर पनि गयो

  |      10:38:00   |  
Web : Image
Web : Image

चैत १५, काठमाडौं । शिशुलाई स्तनपान गराउने तरिका सिकाउने नाममा यौन दुव्र्यवहार गरेको आरोपमा सप्तरी राविराजस्थित छिन्नमस्ता अस्पतालमा एक चिकित्सक पक्राउ परेका छन् ।

आफ्नी नन्दको नवजात शिशु काखमा लिएर फर्कँदै गरेकी २५ वर्षीया महिलालालाई आफ्नो क्याविनमा बोलाएर यौन दुब्र्यवहार गरेको आरोपमा अस्पतालका चिकित्सक डा राजन जैसवाललाई प्रहरीले पक्राउ गरेको हो । महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यहार गरेको उजुरीपछि डा। जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

के भएको हो घटना  तिलाठी कोइलाडी गाउँपालिकाकी एक महिला अस्पतालमा दुई दिनअघि सुत्केरी भएकी आफ्नी नन्दलाई लिन श्रीमानसँगै अस्पताल पुगेकी थिइन् । उनीहरु सो दिन डिस्चार्ज हुँदै थिए ।

सुत्केरीलाई डिस्चार्ज गर्ने बेला डा। जैसवालले आवस्यक सल्लाहका लागि अस्पतालबाट निस्कँदा शिशुसहित एकपटक भेट्नु भनेर बोलाएका थिए । ति महिला पनि श्रीमानसँगै नन्दकी नवजात शिशु काखमा च्यापेर डा। जैसवालको क्याविनमा पुगिन् ।

उनीसँगै गएका उनका श्रीमानलाई डाक्टरले यो औषधी ल्याउनु भन्दै लेखेर औषधी लिन पठाएको र आफूमाथी यौन दुव्यर्ववहार गरेको ति महिलाले बताएकी छन् । ‘मसँगै आएका श्रीमानलाई औषधी लिन बाहिर पठाएर चिकित्सक जयसवालले भित्री वस्त्र खोल्न लगाएर यौन दुर्व्यवहार गरे। मैले चिच्याएपछि अरु मानिसहरु पनि आए, ‘उनले भनिन्।

डाक्टर जैसवालले आफ्नो संवेदनशिल अंग सुम्सुम्याउनका साथै ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि आफूले प्रतिकार गरेको उनको भनाई छ । प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएका थिए ।

त्यसपछि ति महिलाले आफूमाथी यौन दुव्र्यवहार भएको भन्दै उजुरी समेत दिएकी थिइन् । उजुरीपछि अस्पतालले समेत डाक्टर जैसवाललाई तत्काल निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले बताए ।

डाक्टर जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको तर यौनजन्य दुव्र्यव्यहार नगरेको बताएका छन् । ति महिलाले जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका डा। जैसवाललाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले बताए।

नारी खबरबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement