Advertisement
Advertisement
Advertisement
Advertisement

सूचना प्रविधि दिवसमा विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत

  |      14:15:00   |  
web image
web image

बैशाख १९, काठमाडौं । योगदान दिने व्यक्ति तथा संस्थालाई पाँच वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि  अवार्ड  वितरण  गरेको  छ ।

छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई सम्मान गरेको हो ।

सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान दिएका पूर्व सहसचिव विरेन्द्र मिश्र नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएका छन् । उनले सरकारी सेवालाई कम्प्युटराइज, डिजिटलाइज तथा डिजिटलाइजेसनको प्रयासमा योगदान गरेको सञ्चार  तथा  सूचना  प्रविधि  मन्त्रालयले  जनाएको  छ ।

त्यस्तै नेशसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सममानित भएकी छन् । यमीले नेपालमा पहिलो पटक कम्प्युटर इन्जिनियरिङ  प्रोग्रामलाई  पाठयक्रममा  समावेश गर्न  महत्वपूर्ण  भूमिका  निर्वाह  गरेकी  थिइन् ।

मन्त्रालयले नेशनल आईसीटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालतलाई सम्मान गरेको छ । २०६२ सालदेखि विभिन्न सफ्टवेयर र एप्लिकेशनको प्रयोग मार्फत आफ्ना सेवाहरुलाई डिजिटलाइज गरेको सर्वोच्च अदालतले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा र सुविधालाई प्रविधिमैत्री बनाएको भन्दै सम्मानित भएको हो ।

नेशनल आईसीटी इन्नोभेसन नवप्रवर्तन अवार्ड २०२३ प्रिक्सा टेक्नोलोजीले पाएको छ । नेशनल आईसीटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि र गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन् ।

इन्फोडेभलपर्स विगत दुई दशकदेखि नेपालको सफ्टवेयर क्षेत्रमा काम गरिररहेको अग्रणी कम्पनी हो भने गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सरकारी सेवालाई अटोमेसन तथा डिजिटलाइज गर्ने उदेश्य सहित २०७६ सालमा सुरु भएको कम्पनी हो । यी सबै पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement