भदौ १९,काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार१५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ तोलामा २०रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत सोमबार तोलामा र १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो।