भदौ १८,काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ तोलामा ५रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत आइतबार तोलामा र १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो।