पुस ६,काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनसुनको मूल्य प्रतितोला ८०० रुपैयाँले र चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ।
यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ। यो दिन सुनको मूल्य प्रतिऔंस २ हजार ४८ डलरमा कारोबार भइरहेको छ ।