नेपाली बजारमा सुनको मूल्यआज तोलामा १३०० रुपैयाँले घटेको छ ।
मंसिर २४, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुनको मूल्य तोलाको १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।यो दिन चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।