Advertisement
Advertisement
Advertisement
Advertisement

सुन्दर पिचाइले लिए सबैभन्दा धेरै तलब, यी हुन् धेरै तलब लिने अन्य सीईओ

  |      12:49:00   |  
web imege
web imege

मंसिर २६, काठमाडौं ।धेरै तलब थाप्ने र धेरै कमाउने सपना त हामी सबैले देखेका नै हुन्छौं ।

आफ्नोभन्दा बढी तलब पाउने मानिसहरुप्रति कहिलेकाहीं हामी इर्ष्यासमेत गर्ने गर्छौं । तर पनि यो तलबको अन्तर उच्च व्यवस्थापक र साना कर्मचारी बीच धेरै ठूलो छ ।

कम्पनीहरूले उच्च व्यवस्थापकहरूलाई दिइने तलबभत्ताको प्याकेज घोषणा गर्दा त्यसबाट सर्वसाधारण भने छक्क पर्नुपर्ने अवस्था विश्वभर नै छ ।

बहुराष्ट्रिय प्रविधि कम्पनी गूगलको मातृ कम्पनी अल्फाबेट इंकका प्रमुख कार्यकारी अधिकृत९सीईओ० सुन्दर पिचाइ अमेरिकामा सबैभन्दा धेरै तलब थाप्ने व्यक्ति हुन् । मिडिया रिपोर्टका अनुसार उनले सन् २०२२ मा मात्रै वार्षिक २२ करोड ६० लाख डलर तलब थापेका छन् । अर्थात् उनले दैनिक ५ करोडभन्दा बढीका दरले तलब बुझ्ने गरेका छन् ।यतिमात्र नभई उनले गूगल स्टक होल्डिङ्सबाट पनि कमाउने गरेका छन्।  गूगल (अहिले अल्फाबेट) को आकार र नाफा बढ्दै गएपछि उनको स्टक होल्डिङको मूल्य पनि बढेको छ।

पछिल्लो रिपोर्ट अनुसार, उनको स्टकले २०० मिलियन डलरभन्दा बढी रिर्टन दिएको छ।उनी सन् २००४ देखि कम्पनीमा सीईओ पदमा कार्यरत छन् ।भारतीय मुलका पिचाईको कुल सम्पत्ति करिब ६०० मिलियन डलर छ ।

एक्जीक्यूटिभ कम्पनसेसन रिसर्च फर्मका अनुसार गत वर्ष गूगलका प्रत्येक कर्मचारीको औसत तलब २ लाख ७९ हजार ८०२ रहेको छ ।गूगल संसारमा सबैभन्दा बढी प्रयोग हुने डाटाबेस कम्पनी हो ।त्यस्तै सन् २०२२ मा अमेरिकामा धेरै पारिश्रमिक लिने सीईओको सूचीमा कार भाडामा दिने कम्पनी हर्ट्जका स्टेफन शेर दोस्रो स्थानमा थिए ।

उनले १८२ मिलियन डलर बुझेका थिए । यो सूचीको तेस्रोमा व्यायाम उपकरण कम्पनी पेलोटन इन्टरएक्टिभका ब्यारी म्याकार्थी छन्, जसले १६८ मिलियन डलर बुझेका छन् ।

लाइभ नेसन इन्टरटेन्मेन्टका सीईओ माइकल रापिनोले १३९ मिलियन डलर बुझेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म पिन्टेरेष्टका सीईओ विलियम रेडीले  गत वर्ष १२।३मिलियन डलर बुझेका थिए ।यसअघि सन् २०२१ मा कर्पोरेट अमेरिकामा सबैभन्दा धेरै तलब थाप्ने व्यक्तिमा जेफ ग्रीन थिए।डिजिटल विज्ञापन कम्पनी द ट्रेड डेस्कका सीईओ रहेका उनले ८३.५ मिलियन डलर तलब थापेका छन् ।

यसैगरी, आइफोन निर्माता कम्पनी एप्पलका सीईओ टिम कुकले गत वर्ष ९९ मिलियन डलर तलब बुझेका छन् । बजार पूँजीकरणको हिसाबले एप्पल विश्वको सबैभन्दा ठूलो कम्पनी हो।

यस सूचीमा रहेको डोकुजिनका सीईओ एलन थिगसनले ८.५ मिलियन डलर बुझेका छन् । यस्तै आईजीका पिटर जाफिनोले ७५ मिलियन डलर थापेका छन् ।

त्यस्तै, ब्रोडकमका हक ट्यानले ६१ मिलियन डलर थापेका छन् भने सिजेनका सीईओ डेभिड एपस्टेनले ५७ मिलियन डलर थापेका छन् ।

अमेरिका र यूरोपमा  मात्र होइन विश्वभर उच्च अधिकारी, व्यवस्थापक र कर्मचारीको तलबका बारेमा धेरै विवाद छ । उच्च व्यवस्थापक तथा अधिकारीको बैंक तथा वित्तीय संस्थामा मात्र नभएर अरू कम्पनीहरूमा समेत तलबभन्दा पनि अन्य सुविधा धेरै छ ।

कतिपय कम्पनीहरूले नक्कली कागजात बनाएर उच्च व्यवस्थापक तथा प्रमुख कार्यकारी अधिकृतलाई सुविधाको नाममा उनीहरूको तलबको ९० प्रतिशतसम्म बढी भुक्तानी दिने गरेका छन् । 

एक रिपोर्टका अनुसार यसरी धेरै तलब दिंदा तत्कालका लागि फाइदा दिलाए पनि दीर्घकालमा भने कम्पनीलाई नकारात्मक असर  पर्ने गरेको छ । 

उच्च व्यवस्थापक र कर्मचारी बीच तलब अन्तर धेरै रहँदा कम्पनीले अपेक्षाकृत रुपमा प्रगति गर्न नसक्ने र  कम्पनी जोखिम पर्दासम्ममा उनीहरु भने अर्कै कम्पनीमा सरिसक्ने गरेको पनि पाइएको छ ।-एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement