आज बुधबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँलेघटेर १ हजार ४३०रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।