असोज १६,काठमाडौं। नेपाली बजारमा सुनको भाउ लगातार घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १३०० रुपयाँले घटेको छ । योसँगै प्रतितोला १ लाख ६हजार ६ सय रुपयाँ र तेजाबी गोल्ड १ लाख ६हजार
१ सय रुपयाँ कायम भएको छ ।
सुनको भाउ हिजो तोलामा १०० रुपयाँले घटेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड १लाख ७ हजार ९ सय रुपयाँ र तेजाब गोल्ड १ लाख ७ हजार ४ सय रुपयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा झरेको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।