पुस १२, काठमाडौं । आज सुनको मूल्य प्रतितोला १३०० रुपयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपैयाँमा मूल्यमा कारोबार भइरहेको छ।
हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।