मंसिर १५,काठमाडौं । नेपाली बजारमा सुनको भाउमा शुक्रबार गिरावट आएको छ ।
यो दिन तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा मा कारोबार भइरहेको छ।
हिजो छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने बढेको छ ।त्यस्तै चाँदीको मूल्य यो दिन १ हजार ५४० कायम भएको छ ।