चैत १४, काठमाडौ । लगातार तेस्रो दिन सुनको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार पनि सुनको भाउ घटेको हो। आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।