नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।