असार ४, काठमाडौं । प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले भारतीय छोरीका रुपमा चित्रण गरिएकोमा आपत्ति जनाएका छन् । सीता जानककी छोरी हुन्, जनक मिथिलाका राजा थिए, मिथिलाको राजधानी जनकपुर थियो, जनकपुर नेपालमा भएकाले सीता नेपालकी छोरी भएमा विवादै छैन ,उनले भने ।
सीता र बुद्वको बिषयमा केहि भारतीय मिडियाले पटक पटक विवाद झिकेर दुवै देशका नागरिकलाई तरंगित गरेको उनले बताए ।नेपाल र भारतबीच राजनितिक मात्र होइन, रोटीबेटीको सम्बन्ध छ, यसलाई अझ प्रगाढ बनाउनु पर्छ , यस्ता अभिब्याक्तिले हाम्रो सम्बन्धलाई आहत बनाउन सक्छ, उनले भने । जनकपुरवासीको नाताले मिथिला,जनक र सीताप्रति आफ्नो विशेष सम्मान र अपनत्व रहेको उनले बताए।