कार्तिक ३, काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि ‘Made in Nepal’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत कम्पनीले आफ्नो डिजिटल प्रणालीमार्फत् भुक्तानी गरेमा विशेष छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ ।
उक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारिक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको कम्पनीले बताएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रबर्द्धन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने छ ।
उक्त योजना असोज २७ गतेदेखि आगामी मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ ।
ग्राहकहरुले सानिमा डेबिटरक्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत् भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशतसम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको क्यासब्याकको लाभ लिन सक्नेछन् ।
कम्पनीको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।
यसैगरी, सानिमा डेबिटरक्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरुमा विभिन्न छुटहरु प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...