भदौ २६, काठमाडौं । साउदी अरेबियामा रहेका विभिन्न नेपाली पारिवारिक समाजले महिलाको विषेश पर्व हरितालिका तीज कार्यक्रम रियाद सहरमा भव्यताका साथ सम्पन्न गरेको छ । पारिवारिक समाजले साउदीमा कार्यरत र परिवारमा आवद्व महिलालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम संस्थाका कोषाध्यक्ष अमर सापकोटाले समाजले साउदीमा कार्यरत श्रमिकहरुलाई खाद्मन्य सहयोग , हवाई टिकट र विभिन्न सामाजिक संघसंस्था तथा नेपाली दूतावाससँग सहकार्य गर्दै आएको छ । अध्यक्ष पौडेलले नाचौला , गाउँला, रमाउला, सबै मिलेर भन्ने उद्देश्यले परापूर्वककालदेखि चल्दै आएको तीज पर्वलाई धार्मिक ,संकृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिए।