Advertisement
Advertisement
Advertisement
Advertisement

साइबर सुरक्षाको सवालमा हालको नीतिगत व्यवस्था अपुग छ: सञ्चारमन्त्री शर्मा

  |      17:56:00   |  
web image
web image

फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल सञ्चार प्रविधिको क्षेत्रमा विभिन्न कानुनी र नीतिगत व्यवस्था भए पनि साइबर सुरक्षाका सवालमा अपुग रहेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको साइबर सुरक्षाको संवाद कार्यक्रममा मन्त्री शर्माले हालैका दिनमा सरकारका वेबसाइटहरु अवरुद्ध भएका घटनाले थप संवेदनशील बनाएको बताइन् ।

 

'साइबर सुरक्षालाई थप बलियो र ब्यवस्थित गर्नुपर्ने दायित्वबोध गर्दै सरकार चाँडोभन्दा चाँडो साइबर सुरक्षा नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको छ,' उनले भनिन् 'जसअनुसार साइबर सुरक्षा नीति २०७९ को मस्यौदा अन्तिम चरणमा पुर्‍याइएको छ । त्यसैगरी सूचना प्रविधि ऐनको व्यवस्था गर्न सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा पेश गर्न गृहकार्य भइरहेको छ । यसबाट नागरिकका व्यक्तिगत तथा राज्यका तथ्यांकहरु सुरक्षित गर्न सहयोग पुग्ने छ ।'

 

सरकारी निकायहरुले प्रयोग गर्ने वेबसाइट र एप्लिकेसनहरुको निर्माण गभर्मेन्ट इन्टरप्राइजेज आर्किटेक्चर (जीईए) बमोजिमको मापदण्डअनुसार गर्ने व्यवस्था मिलाइएको उनले बताइन् । मन्त्री शर्माका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सेक्युरिटी अप्रेसन सेन्टर सञ्चालनमा ल्याइएको छ, जसबाट सरकारी डाटा सेन्टरहरुलाई जोडेर त्यसको अनुमगन गर्ने व्यवस्था मिलाइएको छ ।

 

मन्त्रालयमा अवस्थित राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रमार्फत सूचना तथा सञ्चार पूर्वाधार, सरकारी वेबसाइट र एप्लिकेसनलगायत अन्य वेब सेवामा हुनसक्ने सुरक्षा चुनौती तथा सूचना तथा प्रविधिको माध्यमबाट हुनसक्ने अपराधन्य गतिविधिलाई रोक्न निरन्तर अनुगमन गरिँदै आएको उनले दाबी गरिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement