जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ ।
महानगरले सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै कोड क्लब गठन गरी कम्प्युटर सिकाउन थालेको जनाएको छ ।
डिजिटल शिक्षालाई हरेक विद्यालयमा प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल एन्ड वियोन्ड को सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विदार्थीलाई कोडिङ सिकाउन थालिएको महानगर शिक्षा विभागका शिक्षा अधिकृत सिताराम कोइरालाले जानकारी दिए । यो वर्ष महानगरका सबै विद्यालयहरुमा यो कार्यक्रम कार्यन्वयन गर्ने उनले बताए ।
उनले भने ‘सबै विद्यालयमा एकै चोटी सम्भव छैन त्यसैले असारसम्म १४ वटामा त्यसपछि अरु विद्यालयहरु गरेर सबै विद्यालयमा सिकाउँछौं ।’ त्यसका साथै सबै विद्यालयहरुमा गुगल वर्कस्पेस समेत कार्यन्वयनमा ल्याउने उनले बताए ।
डिजिटल शिक्षामा विद्यार्थी र शिक्षकहरुलाई सक्षम बनाउन महानगरपालिकाले डिजिटल एन्ड वियोन्डसँगको सहकार्यमा प्रत्येक विद्यालयमा कोड क्लब गठन गरेको छ । यसले विद्यार्थीको सीप, सिकाई गुणस्तर तथा आलोचनात्मक विचार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने महानगरपालिकाको दाबी छ ।
चैत २४, काठमाडौं ।नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। नेपाली...
फागुन १९, काभ्रे । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र...
फागुन १७, काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु...
फागुन १६, काठमाडौं । ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्यौँ, हाम्रो...
फागुन १५, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा...
फागुन १२, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको...
फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल सञ्चार प्रविधिको...
फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तरीय...
फागुन २, काठमाडौं ।नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनी ट्रान्सफरको...