फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्र फाइभ जी लागू गर्न उपयुक्त हुने बताएकी छिन् ।
बिहीबार प्रविधि पत्रकार मञ्चले आयोजना गरेको ‘फाइभ जीको चुनौती र आगामी बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं उपत्कायमा समेत फोरजी सेवा गुणस्तरीय नभएको टिप्पणी गरिन् ।
‘काठमाडौं उपत्यकामा समेत फोरजी सेवा गुणस्तरको छैन । यसलाई व्यवस्थित गर्ने गरेर मात्रै फाइभजीमा प्रवेश गर्न उपयुक्त हुन्छ’ उनले भनिन्।
मन्त्री शर्माले फोरजी सेवा लागू गर्दाको लागत अनुसार प्रतिफल प्राप्त भएको वा नभएको विषयमा पनि अध्ययन हुनुपर्ने धारणा राखिन् । ‘फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समीक्षा गर्न सकेनौं भने लाभ भन्दा पनि नोक्शानी हुने जस्तो लाग्छ’ उनले भनिन् ।
मन्त्री शर्माले नेपाल मुलुकको उच्च हिमाली क्षेत्र अझै सूचनाको पहुँचमा नपुगेको, निकुञ्ज तथा जङ्गल क्षेत्र पनि इन्टरनेट र फोनको पहुँच बाहिर रहँदा जङ्गल यात्रामा जनावरको आक्रमणको सूचना दिन पनि कठिन रहेको बताइन् ।
जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ...
चैत २४, काठमाडौं ।नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। नेपाली...
फागुन १९, काभ्रे । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र...
फागुन १७, काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु...
फागुन १६, काठमाडौं । ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्यौँ, हाम्रो...
फागुन १५, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा...
फागुन १२, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको...
फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल सञ्चार प्रविधिको...
फागुन २, काठमाडौं ।नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनी ट्रान्सफरको...