असार २२, काठमाडौं ।आज दिन सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
आज छापावल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।