भदौ ७,काठमाडौं । अमेरिकी अर्थतन्त्रमा ऋण संकटको गहिरो प्रभाव पर्ने डर बढेको छ।
अमेरिकाको कुल ऋण बढेर ३३ खर्ब डलर नाघेको छ। यो एक त्रैमासमा १ ट्रिलियन डलरभन्दा बढी बढेको छ। जसका कारण सरकारी कामकाज ठप्प हुने अवस्था आउन सक्ने डर छ।
यतिमात्र होइन अमेरिकी अर्थतन्त्र पनि यो संकटपछि मन्दीमा फस्न सक्ने खतरा बढेको छ। विश्वको यो सबैभन्दा ठूलो अर्थतन्त्र यदि मन्दीको जालमा फस्यो भने यसले विश्व अर्थतन्त्रमा नराम्रो असर पार्न सक्छ।
अमेरिकाको यो ऋण संकटले यस वर्षको मध्यमा देशलाई डिफल्ट नजिक पुर्याएको थियो। त्यसपछि सरकारले पूर्वनिर्धारित ऋणको सीमा बढाएर यो समस्याबाट जोगाएको छ। तर, यो बढ्दो ऋणलाई ध्यानमा राख्दै रेटिङ एजेन्सीहरुले अमेरिकाको रेटिङलाई लिएर बहस गर्न थालेका छन्। ग्लोबल रेटिङ एजेन्सी फिचले अगस्टमा अमेरिकाको रेटिङ ‘ट्रिपल ए’बाट घटाएर ‘डबल ए प्लस’मा झारेको थियो। अमेरिकाको बढ्दो ऋणका कारण एजेन्सीले यस्तो गरेको हो।
अमेरिकाको सकल राष्ट्रिय ऋण निकै तीव्र गतिमा बढिरहेको छ। पछिल्लो ३ महिनामा मात्रै यो एक खर्ब डलरले बढेको छ। बजेट घाटा १.५ खर्ब डलर पुगेको छ। जुन गत वर्षको तुलनामा ६१ प्रतिशतले बढी हो।
मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भले जसरी लगातार ब्याजदर बढाएको छ। त्यसले सरकारलाई ऋण तिर्न निकै महँगो भएको छ। यतिमात्रै होइन ऋण तिर्नका लागि सरकारले कुनै ठोस योजना नदेखेकाले अवस्था निरन्तर बिग्रँदै गएको छ। –एजेन्सी