Advertisement
Advertisement
Advertisement
Advertisement

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ६ जीवन बीमा कम्पनी

  |      17:27:00   |  
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ६ जीवन बीमा कम्पनी

मंसिर २६, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार १५ अंकले घटेको नेप्से परिसूचक यो दिन ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ विन्दुमा उक्लेको छ ।

यो दिन नेप्से इन्डेक्ससँगै कारोबार रकमसमेत बढेको छ । सेयरबजारमा यो दिन २९७ वटा कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोडमाथिको कारोबार भएको छ ।  
नेप्सेमा रहेका १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । बीमा समूहका दुई वटै इक्डेक्स बृद्धि भएका छन् । जीवन बीमा उपसमूह ३.०५ प्रतिशत र निर्जीवन बीमा उपसमूह २.३८ प्रतिशतले बृद्धि भएको छ । 

आज बीमा कम्पनीहरुमा सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ६.०९ प्रतिशत अर्थात् ३१.३० रुपैयाँले बढेर सेयरभाउ ५४५ रुपैयाँ पुगेको छ । त्यस्तै, सिटिजन लाइफको ५.८३ प्रतिशत, हिमालयन लाइफको ५.३० प्रतिशत, नेशनल लाइफको ४.५५ प्रतिशत, सानिमा जिआइसीको ४.४९ प्रतिशत, रिलायबल नेपाल लाइफको ४.३१ प्रतिशत, एसियन लाइफको ४.०३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.९० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.८५ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.५८ प्रतिशत, एनएलजीको ३.४६ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.९२ प्रतिशत, सलिकोको २.७८ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको २.६५ प्रतिशत, आइएमई लाइफको २.६१ प्रतिशत, नेको इन्स्योरेन्सको १.९२ प्रतिशत, एलआइसी नेपालको १.३८ प्रतिशतले सेयरभाउ बढेको छ । यसैगरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १।११ प्रतिशत, नेपाल लाइफको १.०४ प्रतिशत, शिखरको ०.६५ प्रतिशत, सूर्यज्योति लाइफको ०.५५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.३४ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ६ वटा जीवन बीमा कम्पनी परेका छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको १४ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिटिजन लाइफको ११ करोड ४ लाख, हिमालयन लाइफको ९ करोड २७ लाख, सानिमा रिलायन्स लाइफको ९ करोड २९ लाख, सन नेपाल लाइफको ८ करोड ९७ लाख र आइएमई लाइफको ८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement