भदौ ८,काठमाडौं । सन् २०११ मा आजको दिनबाटै ९सेप्टेम्बर २५० मा साउदी अरबमा महिलालाई चुनावी प्रक्रियामा भाग लिने अधिकार प्रदान गरिएको थियो ।
साउदी राजा अब्दुल्लाहले शाही घोषणामार्फत महिलालाई मताधिकार प्रयोग गर्न र भविष्यमा हुने नगरस्तरीय चुनावमा भाग लिन दिने बताएका थिए ।
त्यसका साथै, साउदी राजाले आफ्नो घोषणामा महिलालाई ‘मजलिस अल–शुरा’ पनि नियुक्त गरिने जनाएका थिए । ‘मजलिस अल–शुरा’ सार्वजनिक नीतिहरूका विषयमा राजतन्त्रलाई सल्लाह वा सुझाव दिने परिषद् हो ।