भदौ २९, काठमाडौं । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर निधन भएको हो ।
शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहनपरिवारका सदस्यहरुले खोज्दा घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको स्थानीय अमृता मण्डलले बताइन् ।