Advertisement
Advertisement
Advertisement
Advertisement

'सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ' : मन्त्री रेखा शर्मा

  |      13:17:00   |  
'सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ' : मन्त्री रेखा शर्मा

चैत २०, काठमाडौं । रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा सोमवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा रहेको जानकारी दिएकी छन् ।   

यसैगरी मन्त्री रेखा शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने तर्क गरेकी छिन् । कतिपय सञ्चारमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् । प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने बताइन् । उनले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रश्तुत गर्ने तयारी गरिरहेको पनि बताइन् ।  

उनले भनिन्, ‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पु¥याउन खेज्दैछौँ । हामीले भनेका छौँ, सञ्चरमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरु भजनमण्डली हुनुहुँदैन भनेका छौँ । भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ । हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानूनहरु जुन हाम्रो अभाव छ, ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौँ । यी सबैमा हामी कानूनी रुपमा अघि बढ्न खोज्दैछौँ । हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ।’ 

मन्त्री शर्माले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु सञ्चारमाध्यमहरुले प्रशरण एवं प्रकाशन गर्न जरुरी रहेकोबताइन् ।  अहिले पनि सबै क्षेत्रमा इनटरनेटको पहुँच बिस्तार गर्न नसकेको पनि मन्त्री शर्माले बताइन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement