Advertisement
Advertisement
Advertisement
Advertisement

सञ्चारिका समूहले पत्रकार महिलाहरुलाई अग्रणी सम्मान

  |      15:36:00   |  
सञ्चारिका समूहले  पत्रकार महिलाहरुलाई अग्रणी सम्मान

२१ चैत, काठमाडौं । सञ्चारिका समूहले २६ औं वार्षिक साधारणसभाका अवसरमा दुई जना पत्रकारलाई अग्रणी सम्मान, दुई जनालाई पुरस्कृत र दुई जनालाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा पत्रकारद्वय रीता गुरुङ र सूर्यकुमारी पन्तले अग्रणी सम्मान २०७९ मार्फत सम्मान गरेको छ ।

त्यस्तै सञ्चारिका समानता पुरस्कार २०७८ बाट ईकागजकी सृजना खड्कालाई पुरस्कृत गरेको छ । यो पुरस्कारको राशी २० हजार रुपैयाँ छ । त्यस्तै स्व.उमा सिंह पत्रकारिता पुरस्कार, २०७८ बाट स्याङ्जाकी रीना थापा  (तानी) १० हजार रुपैयाँसहित पुरस्कृत भएकी छन् ।

सञ्चारिका प्रोत्साहन पुरस्कार, २०७८ बाट काठमाडौंमा रहेर पत्रकारिता गरिरहेकी पाँचथरकी ज्ञानु घिमिरे र चितवनकी नीता श्रेष्ठ जनही १० हजार रुपैयाँसहित पुरस्कृत भएका छन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बाध्यकारी नहुँदासम्म कुनै पनि क्षेत्रमा महिला सहभागिता सुनिश्चित हुन नसकेको बताएकी छन् ।

सञ्चारिका समूहको २६ औं वार्षिक साधारणसभाको कार्यक्रममा उनले महिला सहभागितामा अझै कन्जुस्याइँ हुने गरेको बताएकी हुन् । ‘बाध्यकारी व्यवस्था नभएसम्म हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित हुन सक्दैन । महिलाको विकासनै समग्र मानव समुदायको विकास हो भन्ने नबुझ्दासम्म अहिलेको समस्या हल हुँदैन’ उनले भनिन् ।

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनका लागि सञ्चार तथा सूचना मन्त्रालयले पनि सहयोग गर्ने मन्त्री शर्माले बताइन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिलालाई टिकाइरहनु चुनौतीपूर्ण रहेको बताए । ‘पत्रकारितामा महिलालाई टिकाइराख्न नेतृत्व तहबाटै पहल गर्न जरुरी छ’ उनले भने ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघमा अहिले १७ प्रतिशत पत्रकार महिला रहेको र आगामी दिनमा बढ्ने बताए ।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले सञ्चार क्षेत्रमा आवद्ध महिलाको हक, अधिकार, क्षमता अभिवृद्धिको लागि काम गर्दै आएको जानकारी गराइन् ।

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement