Advertisement
Advertisement
Advertisement
Advertisement

संसारमै पहिलो पटक नेपाली इन्जिनियरको टोलीले बनाए हाते पम्प

  |      13:56:00   |  
web image
web image

मंसिर ७,काठमाडौं । नेपालका मेकानिकल इन्जिनियहरुको टोलीले हातले चलाउन सक्ने सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प ९ग्लुपर प्रोजेक्ट० को विकास गरेका छन् ।

ग्रामीण भेगका लागि काम लाग्ने डिजेल पेट्रोल केहि पनि नचाहिने हातैले चलाउने सेफ्टी ट्ंयाकी सफा गर्ने हाते पम्पको विकास गरिएको हो । टोलीमा सहभागी मेकानिकल इन्जिनियरहरुका अनुसार यस्तो मेशिनको विकास भएको यो नै संसारकै पहिलो हुनसक्छ । किनकि यस्ता मेशिन विकसित देशका लागि आवश्यक नै छैन ।

प्रा सावित्री त्रिपाठी, डा अरुण सत्याल, प्रकाश बस्याल र अनिल सापकोटा गरी चार जना मेकानिकल इन्जिनियरहरुको समूहले उक्त मेशिनको विकास गरेका हुन् । उनीहरु सबैजना नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट,भक्तपुरका मेकानिकल इन्जिनियरिङका एशोसियट प्रोफेसर इन्जिनियरहरु हुन् ।

समूहका एकजना डा अरुण सत्यालले यसको सफल परीक्षण हुन भने बाँंकी रहेको बताए । चारजना मेकानिलक इन्जिनियरहरुको महिनौंको प्रयासपछि यो पम्पको विकास भएको पनि उनले बताए । 

ब्राउन गोल्ड प्रोजेक्ट अन्तर्गतको आर्थिक सहयोगमा गुल्पर प्राजेक्टको रुपमा यो काम भएको हो । यो मेशिन सामान्य कवाडी सामानबाट बनाइएको छ । मेशिनमा फलाम, डोरी, पुराना काम नलाग्ने टायरलगायतका सामानहरु प्रयोग गरिएका छन् ।

यसको सफल प्रयोग हुन सके देशका धेरै ग्रामीण भेगका जनतालाई सहयोग गर्ने विश्वास गरिएको छ । यो झण्डै तीन फिट अग्लो, दुईरदुई फिट जति लम्वाई चौडाइको छ । 

नेकका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले समाजको हितमा गुणस्तरीय इन्जिनियर र प्रबन्धक उत्पादन गर्न प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा लगानी आवश्यक रहेको बताए ।

उनले अनुसन्धान र आविष्कारका लागि विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थानहरूसँग सहकार्य गर्दै आएको पनि बताए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement