भदौ १२,काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमाण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् ।
मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले अरू पार्टीका नेताको प्रमाण पुग्दा पनि कारबाही नगरेको, तर कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरिएको जानकारी दिइन्।
‘भ्रष्टाचार नै नगरी, मिडियाको भरमा, रेकर्डको भरमा, फेक न्यूजको भरमा हाम्रा कांग्रेसका नेताहरूमाथि कारबाही हुने, अरूको प्रमाणसहित हुँदा पनि कारबाही नहुने
हामीले यो कारबाही नगर्ने भनेको होइन । तर, फेक समाचारका भरमा यस्तो नहोस्, सत्यतथ्य प्रमाणित भइसकेपछि समातेर कारबाही होस्’, उनले भनिन् ।