१५ कात्तिक, काठमाडौं । कपिलवस्तुमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका-८ बरकुलका २६ वर्षका विनयकुमार चमार श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ परेका हुन् । सन्ध्या चमारको ८ कात्तिकमा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार सन्ध्या चमारको मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।