चैत ३१, काठमाडौं। कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा बाँकेबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
३२ वर्षीया श्रीमती लक्ष्मी बीसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका ४२ वर्षीय चक्रबहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
चक्रबहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साभार : अनलाइनखबर