Advertisement
Advertisement
Advertisement
Advertisement

शौर्य सिमेन्ट ईण्डष्ट्रिजले शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता-२०८० अयोजना गर्ने

  |      12:47:00   |  
शौर्य सिमेन्ट ईण्डष्ट्रिजले शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता-२०८० अयोजना गर्ने

कार्तिक २३, काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजले यस वर्षदेखि शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता -२०८० शुरु गरेको छ ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा मधेश प्रदेशका १६ वर्षभन्दा माथिका महिलाहरू सहभागि हुन सक्ने छन् ।

प्रतियोगिता  विभिन्न ३ चरणमा सम्पन्न हुने कम्पनीले बताएको छ । पहिलो चरणमा सहभागी हुन चाहने महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेबसाइट र फेसबुक पेजको क्यूआर कोड स्क्यान गरी फारम भरी बुझाउन सक्नेछन् ।

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका र न.पा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मंसिर ८ गतेसम्म रहेको छ । फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि छनौट हुने छन् ।

दोस्रो चरणमा प्रवेश गरेका सहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा क्यान्भासमा मिथिला चित्रकला कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता भने कम्पनीको उद्योगहातिा भित्र नै सञ्चालन हुने छ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ जना सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले कम्पनीको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्नेछ । त्यसपछि मुल्यांकन निर्णायक समितिले चित्रकलाको मुल्यांकन गरेर सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ७५ हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेले २५ हजार रुपैयाँका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने कम्पनीले बताएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement