मंसिर २५, काठमाडौं ।पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर भक्तजन जाग्राममा बस्ने र आज बिहान शतबीज छर्ने चलन छ ।
दिवंगत आत्मालाई स्वर्गसम्म बाटो देखाउन र आत्माको शान्तिको लागि बत्ती बाल्ने गरिन्छ ।आज बिहान भने पशुपति क्षेत्रमा शतबीज (सात प्रकारका बीउको सम्मिश्रण) छरियो ।