भदौ २७,काठमाडौं । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन लागेको प्रतिबन्ध तत्काल नहट्ने भएको छ। विभिन्न देशहरूबाट घरेलु महिला श्रमिक पठाउन दबाब आइरहेको छ। तर, काठमाडौँ भएको दुई दिने छलफलमा विभिन्न देशका राजदूतहरूले घरेलु श्रमिक पठाउन नहुने धारणा राखेका थिए।
ती देशमा उनीहरूको सुरक्षा ग्यारेन्टी गर्न नसकिने निष्कर्षसहित प्रतिबन्ध तत्काल नहटाउन नसकिने निष्कर्ष निकालेको हो। कुवेत, ओमान, बहराइन र साउदी अरबमा घरेलु कामदार पठाउन नसकिने निष्कर्ष निकालेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतकाअनुसार उनीहरूले नेपालले राखेको सर्त मानेको खण्डमा मात्र घरेलु श्रमिक पठाउन सकिने भएको हो। ती चार देशमा भने तत्कालको समयमा पठाउन नसकिने निर्णय गरिएको ती अधिकारीले बताए।