Advertisement
Advertisement
Advertisement
Advertisement

वैदेशिक रोजगारीले निम्त्याएको पीडा

  |      13:48:00   |  
वैदेशिक रोजगारीले निम्त्याएको पीडा

रोल्पा ।  रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्छिन् । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बसेका छन् ।

विवाहपछि स–परिवार भारत पसेका उनीहरु त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता हुन थालेपछि नेपाल फर्किएको मनकुमारी बताउँछिन्  । 

नेपाल फर्किएपछि मनकुमारी बच्चा हुर्काउन थालिन भने  उनको श्रीमान् भने खाडी मुलुक गए । श्रीमान्ले विदेशमा कमाइ गरेर आएपछि सुख सयलसँग बस्ने सोचाइमा दिन बिताउँदै गएकी मनकुमारीलाई लामो समय बित्दासमेत श्रीमान्ले पैसा पठाएनन् । 

विदेशबाट पैसा नपठाएपछि उनी सदरमुकाम लिवाङ आउनुभयो । एक–एक वर्षको फरकमा जन्मिएका चारवटी छोरी हुर्कंदै थिए । छोरीको स्याहार सुसारमात्र होइन, उनीहरुको पढाइ लेखाइमा समेत ध्यान दिनुपर्ने भयो उनलाई । 

लिवाङमा ज्यालामजदुरी गरेर भए पनि छोरी पाल्ने सोचमा पुगेकी मनकुमारीे एक वर्षसम्म मजदुरी गर्नुभयो । यही बीचमा दाङको घोराहीमा कोठा लिएर बस्न भन्दै श्रीमान्ले विदेशबाट फोन गरेपछि उहाँ दाङ भने । 
 

दाङ बसाइँका क्रममा समेत श्रीमान्ले पैसा पठाएनन् भने त्यहाँ ज्याला मजदुरीको काम पनि नपाएपछि अलपत्र पर्दै गए । दाङ बसाइँकै क्रममा श्रीमान् पनि विदेशबाट आए । लामो समय विदेश बसेको भए पनि खाली हात फर्किएका उहाँका श्रीमान्को दैनिकी जाँडरक्सी सेवन गर्नेमै सीमित हुन थालेपछि आफन्तको सहयोगमा उहाँ रोल्पाको घर्तीगाउँ फर्केका थिए । 

रोल्पाको घर्तीगाउँ पुगेर आफन्तको सहयोगमा खाजा पसल शुरु गरे । मनकुमारीले दिनरात दुःख गरेर कमाएको पैसा लगेर श्रीमान् जुवातास खेल्ने तथा जाँडरक्सी खाने गर्न थाले । यस्तो गर्दै जाँदा श्रीमान्ले झण्डै रु १५ लाख ऋण लगाएका थिए । उनको श्रीमान्ले लगाएको ऋणसमेत तिर्दै गए । कमाइ गरेको पैसा उडाउने मात्र नभई दिनरात कुटपिटको शृङ्खला बढ्दै जाँदा उहाँ सहेर बस्न नसक्ने निधोमा पुगे । 

साना साना छोरीको अगाडि रुँदा बालमस्तिष्कमा नराम्रो असर पर्न सक्ने भएकाले छोरीहरुको अगाडि सधैँ खुसी भएको नक्कल गर्दै छोरीलाई खुवाइ सुताइ गरेपछि आफू भने रातभर रुने गरेको दुःखेसो पोखे । 

श्रीमान्को यस्तो व्यवहारबाट आजित भएकी मनकुमारीले अन्ततः श्रीमान्सँग छोडपत्र गरी एक्लै बस्ने निर्णयमा पुगेर अदालतको ढोका ढकढक्याउन पुगे । अदालतले पनि उहाँको पक्षमा सुनुवाइ गरेका कारण उनले दुई वर्ष पहिलेदेखि श्रीमान्सँग छोडपत्र गरे । 

श्रीमान्सँगको छोडपत्रपछि कहाँ गएर के गर्ने भन्ने अन्योलमा रहेकी उहाँलाई महिला तथा बालबालिका कार्यालय, रोल्पा र अन्य महिला दिदीबहिनीलेसमेत सहयोग गरें । साना छोरीहरुलाई कहाँ बसाल्ने, के खुवाउने भन्ने चिन्ता भएका बेला महिला मानवअधिकार रक्षक सञ्जाल, महिला तथा बालबालिका कार्यालयलगायत निकायको आर्थिक सहयोग तथा परामर्शपछि आफू लिवाङमै बसेर आयआर्जनको काममा लाग्ने सोचमा पुगेको उहाँले बताए । 

अहिले उहाँ सदरमुकाम लिवाङमा खाजा पसल गर्नुभएको छ । महिला तथा बालबालिका कार्यालय, रोल्पाले दिएको रु २० हजार आर्थिक सहयोगबाट खाजा पसल शुरु गर्नुभएकी उहाँले अहिले चारवटी छोरीको पढाइ लेखाइका साथै घरायसी व्यवहारसमेत चलाउँदै आएका छन् । जेठी छोरी कक्षा १२ मा पढिरहेकी छिन् भने अरु छोरीको पढाइ पनि राम्रो रहेका कारण आफ्नो बुढेसकालको सहारा तिनै छोरी भएकाले छोरीको पढाइमा आफूले सक्दो लगानी गर्ने मनकुमारीले बताए । 

आफ्नै खुट्टामा उभिएर खाजा पसल सञ्चालन गरिरहेकी उनले मासिक रु छ हजार घरभाडा तिर्दै आएका छन्। दैनिकी सजिलै चलाएकी उनले छोरीहरुलाई राम्रोसँग पढाउनुका साथै दैनिक बचत पनि गर्ने गरेको बताए । 

देशमा रोजगारीको अवसर नहुँदा रोल्पाका अधिकांश पुरुष वैदेशिक रोजगारीमा रहेका छन् । वैदेशिक रोजगारीले जिल्लामा ठूलो मात्रामा विप्रेषण भित्र्याए पनि पारिवारिक बेमेल र विखण्डनका घटनासमेत बढिरहेका छन । 

वैदेशिक रोजगारीले महिला र पुरुष दुवैलाई प्रभाव पारिरहेको छ । जिल्लामा कतिपय महिला श्रीमान्ले विदेशबाट पठाएको पैसा दुरुपयोग गर्दै सम्बन्धविच्छेद गरेका छन् भने कतिपय पुरुषसमेत वैदेशिक रोजगारीमा गएको लामो समयसम्म घर नफर्कने, दोस्रो विवाह गर्ने, कमाइ गरेको पैसा घरमा नपठाउने गरी महिलामाथि हिंसा गरिरहेका छन् । रासस (राष्ट्रिय समाचार समिति)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement