Advertisement
Advertisement
Advertisement
Advertisement

वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

  |      10:39:00   |  
वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

 चैत ३ काठमाडौं । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन्। वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरुआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन्।

होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन। त्यही कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो। जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरुआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो।

वीरगञ्ज महानगर वडा नं ६ मिनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली पनि अत्यधिक मात्रामा वीरगञ्जमा लामखुट्टे देखिए पनि वीरगञ्ज महानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता गरेको बताए। साँझ र बिहानको समयमा बाहिर बसिसक्नुछैन, उनले भने, यतिविघ्न लामखुट्टे आउँदा पनि महानगर के हेरेर बसेको छ। तेली मात्रै होइन, वीरगञ्ज महानगर वडा नं ४ बिर्ताका राकेश झा पनि लामखुट्टेको आतङ्कबाट आजित भएको गुनासो गर्छन्। 

एक त वीरगञ्जको नाला खुल्लै छ। जसको कारणले लामखुट्टेको आतङ्क बढेको बढ्यै छ, उनले भने,मेयरसाबले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउँछु भन्नुहुन्छ। यहाँ त मच्छडगञ्ज भइसक्यो। डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो।

डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ। रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको छ।वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले आइतबारदेखि वीरगञ्जका वडामा लामखुट्टे मार्नका लागि ३२ वटै वडामा कार्यतालिका बनाएर लामखुट्टे मार्ने अभियान सुरु गर्न लागेको जानकारी दिए।

गर्मीको सुरुवातसँगै बढ्दो लामखुट्टेको प्रकोप र त्यसबाट फैलन सक्ने डेङ्गी, मलेरिया र इन्सेफलाईटिस जस्ता प्राणघातक रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न वडा नं १ देखि ३२ वटै वडामा कार्यतालिका बनाएका छौँ, उनले भने, महानगरले लामखुट्टको लार्भा मार्नका लागि बिहानदेखि साँझमा नालामा पम्प स्प्रेबाट लार्भा साईटिङ स्प्रे तीन पटक तथा वयस्क लामखुट्टे मार्न बेलुकीदेखि रातिसम्म ऐयर स्प्रे दुई पटक कार्यक्रम राखिएको छ।

यद्यपि वीरगञ्ज महानगरले गत फागुन २५ गते लामखुट्टे नियन्त्रणको लागि चैत ३ गतेदेखि पम्प तथा ऐयर स्पे कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो। यो अभियान आइतबारदेखि चैत २४ गतेसम्म जारी रहने बताइएको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement