काठमाडौं। वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको पाँचौ तलाबाट हामफालेर एक बृद्धाले आत्महत्या गरेकी छन् । अन्दाजी ६० वर्षकी महिलाले आत्महत्या गरे पनि उनको परिचय खुल्न सकेको छैन ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले ट्रमा सेन्टरको पाँचौं तल्लाबाट हामफालेर बृद्धाले आत्महत्या गरे पनि यसको कारण खुल्न नसकेको जानकारी दिए । ती महिला केही दिनदेखि ट्रमा सेन्टरमा भर्ना भएर उपचाररत थिइन् ।