मंसिर २२, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् ।
सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुखको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले न्यायको माग गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने मानसिक यातना दिएको आरोपको खण्डन गरे । उनले धेरै दिन सदीक्षा विद्यालयमा अनुपस्थित भएपछि सोधपुछ गरिएको र नियमित आउन सल्लाह दिएर पठाएको बताए । त्यसपछि पनि अनुपस्थित भएकाले अभिभावक लिएर आउनु भनेर बुधबार सम्झाएर पठाएको बताए ।
विद्यार्थी भने विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीले ‘टर्चर’ दिएको भन्दै उनलाई निलम्बन गर्न गरेका थिए ।
प्रधानाध्यापक कँडेलले विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीलाई निलम्बन गरिएको बताए ।
कानुनी प्रकृयामा सहयोग गर्ने भएपछि आन्दोलनरत विद्यार्थीहरु घर फर्किएका छन् । मृतक चौधरीको शव पोष्टमार्टमका लागि पाटन शिक्षण अस्पतालमा लगिएको छ ।
वैशाख २६ काठमाडौं । जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई...
वैशाख २६ काठमाडौं । बाटो काट्ने क्रममा ५४ वर्षका डोलप्रसाद चौलागाईंलाई गाडीले ठक्कर दिएको छ...
वैशाख २६ काठमाडौं । जबरजस्ती करणी सम्बन्धी कसुर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड...
वैशाख २६ काठमाडौं । प्रेम सम्बन्ध राखेर युवतीलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले एक...
वैशाख २६ काठमाडौं । आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको...
वैशाख २५,काठमाडौं ।वीरगञ्जमा दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई मानव...
वैशाख २५,काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्...
वैशाख २५,काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका...
वैशाख २५,काठमाडौं । महिलाहरू हरेक समयको रूपान्तरणको साक्षी भए पनि उनीहरूलाई अघि बढ्न अझै...