Advertisement
Advertisement
Advertisement
Advertisement

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

  |      16:02:00   |  
web image
web image

मंसिर २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ । 

केन्द्रीय बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली-२०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । जसअनुसार विदेशी मुद्राको कारोबारको इजाजत अबदेखि प्रदेशबाट नै लिन सकिने छ ।

संशोधित विनियामवलीमा राष्ट्रियस्तर बाहेकका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा त्यस्तो निवेदन पेश गर्नु पर्ने छ । केन्द्रीय बैंकले यसअघि केन्द्रमा रहेको यस्तो अधिकारलाई प्रदेशस्तरमा हस्तान्तरण गरेको हो । 

यसैगरी, डिपार्टमेण्टल स्टोररसुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानको लागि १ लाख रुपैयाँ र अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानको लागि ५० हजार रुपैयाँ बराबरको इजाजतपत्र बहाल रहने मितिभन्दा कम्तिमा १५ महिना बढी अवधिको बैंक जमानत पेश गर्नुपर्ने छ । 

त्यस्तै, विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त संस्थाले काठमाण्डौको हकमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट र काठमाण्डौउपत्यका बाहिरको हकमा राष्ट्र बैंकको सम्बन्धित प्रदेशस्थित कार्यालयले इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले नवीकरण गरेका क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स लिन प्रतिकारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको दुई वर्षको बैंक जमानत र लाइसेन्स शुल्क बापत १ लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेमा संशोधन गर्दै नविकरणका लागि समेत २५ लाख रुपैयाँ बैंक जमानत राख्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय बैंकले संशोधित विनियमावलीमार्फत विदेशी विनिमयको कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई पनि राष्ट्र बैंकले इजाजतपत्र प्रदान गर्न सक्ने बताएको  छ।

यसका साथै क्यासिनोले इजाजतपत्रको म्याद समाप्त हुनु अगावै इजाजतपत्र खारेजीका लागि निवेदन दिएमा इजाजतपत्र रद्द गरी बैंक जमानत वा नगद धरौटी फुकुवा गर्न स्वीकृति दिन सकिने व्यवस्था समेत थप गरिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement