भदौं ७, काठमाडौंं। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ की सदस्य विद्यादेवी धवलको निधन भएको शोकमा गाउँपालिकामा बिदा दिइएको छ ।
रोहिणी गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा बिहीबार एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए।
बुधबार राति मुटुसम्बन्धी रोगबाट पीडित भई उपचार गराइरहेकी ५३ वर्षीया धवलको रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले बताए।