Advertisement
Advertisement
Advertisement
Advertisement

लैङिक हिंसा बिरुद्धको १६ दिने अभियानमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल निरन्तर आवज उठाउँदै

  |      17:01:00   |  
लैङिक हिंसा बिरुद्धको १६ दिने अभियानमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल निरन्तर आवज उठाउँदै

मंसिर १४, काठमाडौैं । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले लैङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत आज छैटौं दिन हिंसा मुक्त समाज निर्माणको लागि चेतनामुलक-याली आयोजना गरेको छ । 

माइतिघर मण्डलामा गरिएको स्ट्यान्ड अप -यालीमार्फत महिला हिंसा बिरुद्ध लेखिएका चेतनामुलक प्लेकार्ड बोकेर महिलाहरुले आवाज उठाएका छन् । सामुदायीक वन महिलाहरुसँग जोडिएको महत्वपूर्ण पाटो भएको र  वनका कारण महिलामाथि हुने हिंसा तथा असमानतालाई राष्टिय निकुञ्ज ऐनलाई परिवर्तन गरि महिलामैत्री बनाइनुपर्ने कुरालाई कार्यक्रममा जोड दिएको सामुदायीक वन उपभोक्ता महासंघ नेपाल फेकोफनकी अध्यक्ष भारती पाठकले जानकारी दिएकी छन् ।  

यस्तै, फेकोफनले आजै विहान सामुदायीक रेडियो  सीआईएन, एकोराब लागायत १० विज्ञहरुसँग गरेको अन्र्तक्रियामा सरकार र आमनागरिकले महिलासँग जोडिएका हिंसाबाट पीडितलाई कसरी मुक्त गर्ने भन्ने विषयमा पनि विशेष छलफल गरेको छ । नेपालमा समुदाय र सामुदायीक वन  एक अर्काका परिपुरक जस्तै हुन् तर महिलाहरु नै सबैभन्दा बढी वनसँग जोडिएका कारण उनीहरुमाथि हिंसा पनि बढी हुने गरेको तथ्यांक पाइएकाले सामुदायीक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले हरेक वर्ष  यसैगरी महिला हिंसाका विषयमा आवज उठाउँदै आइरहेको छ ।

यस्तै, सामुदायीक वन उपभोक्ता महासंघ नेपालले हिजो मंसिर १३ गते पांचौं दिन पनि राष्ट्रिय संकल्प कार्यक्रम अयोजना गरेको थियो । यस वर्षको लैङिक हिंसा बिरुद्धको १६ दिने कार्यक्रममा “सभ्य समाजको पहिचान" लैङ्गिक हिंसा विरुद्धको अभियान" नारा सहित मंसिर ९ देखि २४ सम्म फेकोफनले विभिन्न कार्यक्रम मार्फत सचेतना जगाइरहेको छ । 





Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement