Advertisement
Advertisement
Advertisement
Advertisement

'लिभिङ टुगेदर’ मा बस्दै आएकी जेनिशा तामाङको कुटपिट गरी हत्या

  |      16:29:00   |  
'लिभिङ टुगेदर’ मा बस्दै आएकी जेनिशा तामाङको कुटपिट गरी हत्या

जेठ २४,काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।

तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । मादक पदार्थ सेवन (मापसे)गरी आपसमा सामान्य विवादपछिको झै–झगडा हुँदा रञ्जितकारले तामाङलाई कुटपिट गरेको र उपचार गराउनसमेत आफैंले अस्पताल पुर्‍याएको पाइएको एसपी रिजालले बताए ।

मंगलबार दिउँसो साढे ३ बजे तामाङको उपचारका लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको र साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई मंगलबार नै पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट आवश्यक अनुसन्धान थालेको एसपी रिजालले जानकारी दिए ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement