कार्तिक २६,काठमाडौ ।लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ ।
उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो क्याम्पेन सार्वजनिक गरेको बताएको छ ।
उक्त अभियान अन्तर्गत कम्पनीले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजगार गर्न आग्रह गरेको छ ।
यसरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने सहभागीहरुमध्ये उत्कृष्ट तीन वटा भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा कम्पनीलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने छ ।
कम्पनीले अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्याउने पनि बताएको छ ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...