Advertisement
Advertisement
Advertisement
Advertisement

रेशम चौधरीमाथि झुटो मुद्दा लगाएको भन्दै रञ्जिता श्रेष्ठले जनाइन् आपत्ति

  |      16:32:00   |  
web imege
web imege

पुष २५, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलका कार्यकर्ता नभएकै भरमा रेशम चौधरीमाथि झुटो मुद्दा लगाएको बतएकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रेशम चौधरीलाई निर्दोष थारुहरुलाई झुटो मुद्दामा कारागारमा थुन्न नमिल्ने बताइन्।  उनले थारू भएकै कारण रेशम चौधरी लगायतका थारुहरुलाई मुद्दा लगाएको भन्दै सरकारसँग आपत्ति जनाइन्।

‘२०७२ भदौ ७ गते टिकापुर थारु आन्दोलनको बारेमा सबै सांसदहरुलाई सर्वविदितै छ। टिकापुर घटना कुनै बन्द कोठामा घटाइएको होइन’, उनले भनिन्, ‘टिकापुर घटनालाई साक्षात रूपमा हेर्ने हजारौँ आँखाहरु थिए। त्यो हजारौँको भीडमा नदेखिएको एउटा मानव आकृति माननीय रेशम चौधरीलाई निर्दोष थारुहरुलाई कारागारमा थुनिएर राखिएको छ। कानून ज्ञाताहरु भन्छन्, घटनास्थलमा अनुपस्थितलाई मुद्दा नै लगाउन पाइँदैन।’

 रेशम चौधरी लगायतका निर्दोष थारुहरुको अभियोग पत्रमा स्थानीय वारदातमा नभएको स्पष्ट उल्लेख रहेको भन्दै उनले रेशम चौधरीलाई किन मुद्दा लगाइयो भनि प्रश्न गरिन्। ‘काँग्रेस, एमाले, माओवादी जस्ता ठूला राजनीतिक दलको कार्यकर्ता नभएकै कारण झुटा मुद्दा लगाइयो। र मलाई लाग्छ थारु भएकै कारण रेशम चौधरी लगायतका आज कारागारमा हुनुभएका सम्पूर्ण राजबन्दीहरुलाई मुद्दा लगाएर यो राज्यले ५ वर्ष बितायो,’ उनले भनिन्।

अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नू भन्ने फैसलाको प्रतिलिपि ज्येष्ठ सदस्य सभामुखलाई बुझाएकी थिइन्। उनले ठूरा राजनीतिक दलका शिर्ष नैताहरुले नै रेशम चौधरी निर्दोष भएको भनिसकेकाले आफूले न्यायको आश गरेको बताइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement