Advertisement
Advertisement
Advertisement
Advertisement

राहत पाइनन् दुई सन्तान गुमाएकी कमलाले

  |      15:46:00   |  
Symbolic Picture
Symbolic Picture

साउन ३०,  झापा । दुई सन्तान एउटै घटनामा गुमाएको पीडा । तीन साता बितिसक्यो, हालखबर सोध्नसमेत कोही आउँदैनन् । पोखरीमा डुबेर दुई छोरा गुमाएपछि झापाको भद्रपुर–२ निवासी कमला थामीको दिनरात रोएरै बित्ने गरेको छ ।

गत साउन ७ गते मावली घर भद्रपुर–२ मा रहेका बेला उनका दुई छोरा १४ वर्षीय करण थामी र ११ वर्षीय अर्जुन थामीको कमलधाप सिमसारका लागि खनिदै गरेको पोखरीमा डुबेर मृत्यु भएको थियो । उनीहरुसँगै सोही स्थानका अनिल तामाङको १० वर्षका छोरा अङ्कुशको पनि मृत्यु भएको थियो । 

पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको भोलिपल्ट भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठसहित कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग मृतकका परिवारको पाँच बुँदे लिखित सहमति भएको थियो । सहमतिमा पीडित परिवारलाई रु १० लाख राहत र रोजगारी प्रदान गर्ने विषय उल्लेख गरिएको थियो तर हालसम्म सो सहमति कागजमै सीमित रहेको परिवारको आरोप छ ।

विर्तामोड नगरपालिका–९ घर भएकी कमलाका पति १० वर्ष अघि वैदेशिक रोजगारमा गए पनि उतै बेपत्ता बने । श्रीमान् बेपत्ता बनेपछि माइतीको सहारामा बस्न छोरा लिएर भद्रपुर–२ डिगाउँ पुगेकी कमला अहिले एक्लो बनेकी छिन् । 
“अहिलेसम्म खोइ कसैले कुनै राहत दिएको छैन”, उहाँले भन्नुभयो, “सम्पतिको नाममा तिनै छोरा थिए, ती पनि गुमाएँ । राहत दिन बनेको समितिसमेत एकपटक फर्केर आएको छैन ।”


थामी समाज झापाका अध्यक्ष मेघराज थामीका अनुसार भद्रपुर नगरपालिका, कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग भएको सहमतिको एउटा बुँदामा तीनै जना बालकको परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भनिएको थियो ।

अर्को बुँदामा मृतकका परिवारका एक÷एक सदस्यलाई कमलधापमा सञ्चालित परियोजनामा रोजगारीको व्यवस्था गर्ने र पुनः यस्तै घटना नदोहोरियोस् भनेर निर्माणस्थलमा सुरक्षाको व्यवस्था गर्ने उल्लेख थियो । 

सम्झौतापत्रमा भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष भीमबहादुर सुब्बा, विर्तामोड–९ का वडा सदस्य हरि चम्लागाईं र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाज झापाका अध्यक्ष थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बा थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ ।

“पीडित परिवारको अवस्था दयनीय छ, छिटोभन्दा छिटो राहत र रोजगारी प्रदान गर्न अग्रसर हुन जरुरी छ”, थामी समाजका अध्यक्ष मेघराज भन्नुहुन्छ, “सहमतिका पक्षहरु कसैले पनि पछि हट्न मिल्दैन ।”
 
भद्रपुर–२ का वडाध्यक्षसुब्बाले ३५ दिनभित्रमा राहत उपलब्ध गराउने गरी निर्माण कम्पनीसहितको बैठक बसिरहेको बताउनुभयो । यो खबर राससमा छ । उहाँले केही कानूनी प्रक्रिया पूरा गर्न बाँकी रहेको बताउँदै सहमतिलाई अक्षरशः पालना गर्ने जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले पनि राहत स्वरुप रु एक लाख सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement