मंसिर१४, काठमाडौं , जाजरकोटको कुशे गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक बालिकाको मृत्यु भएको छ ।
बालिकालाई कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको बताए ।
उनका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।