Advertisement
Advertisement
Advertisement
Advertisement

युरोपमा रहेका नेपाली महिलाहरूको भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी

  |      21:40:00   |  
युरोपमा रहेका नेपाली महिलाहरूको भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस  मनाउने तयारी

फागुन २३, काठमाडौं। युरोपमा रहेका नेपाली महिलाहरूले भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस  मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा बुधवार हुने सो कार्यक्रममा नेपालका महिला नेतृ तथा अधिकारकर्मीले आ–आफ्ना विचार राख्ने छन्। 

प्रवासी नेपाली मञ्च अस्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाका अनुसार कार्यक्रममा पूर्वमन्त्री, सांसद, काठमाडौँ महानगरपालिकाकी उपमेयरलगायत गैरआवासीय नेपालीहरूको सहभागिता रहने छ । 

कार्यक्रममा समृद्ध नेपाल निर्माणको लागी महिला सहभागिता, राज्यको दायित्व विषयमा  निवर्तमान मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्ना विचार राख्ने भएकी छन् । 

यस्तै कार्यक्रममा सांसद सोबिता गौतमले  महिलाको लागि नयाँ राजनीतिक यात्रा– कति सहज, कति जटिल विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।  

कार्यक्रममा नेपाल मानव अधिकार आयोगकी सदस्य लिली थापाले विगतदेखि वर्तमान– महिला आन्दोलनलाई फर्केर हेर्दा विषयमा आफ्नो प्रस्तुति दिने मञ्चले जनाएको छ ।  

राजनीतिमा महिला – एक सिंहावलोकन विषयमा  पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य कोमल वलीले आफ्ना भनाई राख्ने भएकी छन् । 

कार्यक्रममा पुरुषको नजरमा– प्रवासी जीवन, सामाजिक अभियानमा महिला सहभागिता विषयमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले आफ्ना भनाई राख्ने भएका छन् । यस्तै काठमाडौँ महानगरपालिकी उपमेयर सुनिता डंगोलले सामाजिक रूपान्तरण – युवाको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्ने भएकी छन् ।  

हरेक वर्ष मार्च ८ का दिन महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि र कठिनाइहरूको सापेक्षतालाई मनाउन, विश्वका विभिन्न क्षेत्रहरूमा नारीप्रति सम्मान, प्रशंसा र प्रेम व्यक्त गर्ने उत्सवको रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।

नेपाल सरकारलगायत विश्वका अन्य देशहरुले समेत अन्तर्राष्ट्रिय नारी दिवस  मनाउदै आएका छन् । विदेशमा रहेका राजनीतिक दललगायत गैरआवासीय नेपाली संघले समेत बिभिन्न कार्यक्रमको आयोजना गर्दै सो दिवश मनाउन थालेका छन् ।

यो महिलाको राजनीतिक र सामाजिक उत्थानका लागि संयुक्त राष्ट्र संघले छनोट गरेको राजनीतिक र मानवअधिकार विषयका साथ मनाइन्छ । यो दिवस पहिलो पटक सन् १९०९ मा न्यूयोर्क शहरमा समाजवादी राजनीतिक कार्यक्रमको रूपमा मनाइएका  थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement